समाज
वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साद्वारा रु.१८ लाख ५५ हजार ३ सय ५० रूपयाँ मूल्य बराबरको कपडाहरु भन्सार दाखिला गरेका छन् ।
विहिबार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा वीरगन्ज तथा मातहत कार्यालयहरुबाट र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगर-१ स्थित छपकैया तथा नदिया टोलका विभिन्न व्यक्तिहरुका घरहरुमा भारतबाट भन्सार छली लुकाई छिपाई चोरी पैठारी गरी अवैध रुपमा ल्याई भण्डारण गरी राखेको अवस्थामा मुल्य रु.१८,५५,३५०।- बराबरको कपडाहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले राष्ट्रमार्गखबरलाई जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्: