राजनीति
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया बारे छलफल गर्न साँझ ५ बजे बैठक बोलाइएको हो ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुरलाई आमन्त्रण गरिएको छ ।
सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त संवैधानिक पदहरुमा नियुक्तिको बाटो खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्: