रौतहट, २५ असार । रौतहटको राजपुर नगरपालिका–३ बमनहर क्षेत्रमा रहेको नहरमा २४ वर्षीया एक महिलाको शव फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ।
डमारबाट फतुवा जाने सडकखण्ड नजिकै रहेको नहरमा आज बिहान पानीमा शव तैरिरहेको अवस्थामा देखेपछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर शव नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता बसन्त गौतम का अनुसार मृतक मुस्कान खातुन रहेको पहिचान भएको छ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ। घटनाको वास्तविक कारण अझै खुल्न नसकेको र मृत्युको कारणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासीमा चासो र त्रास बढेको छ भने पोस्टमार्टम रिपोर्ट आएपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्: