आज देशका २४ जिल्लामा बाढीको जोखिम

२०८३ साउन २

काठमाण्डौ । देशका विभिन्न २४ जिल्लामा आज आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरसहित विभिन्न २४ जिल्लामा बाढीको जोखिम छ ।

यस्तै काभ्रे, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर रहेका छन् । ती जिल्ला आसपासका भई बहने स–साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज र भोलि मनसुन थप सक्रिय भई ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि र पर्सि कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ। ती ठाउँको नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज र भोलि मुसलधारे तथा अरिघोप्टे वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट जोगिन महाशाखाले सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्: