स्रोत नखुलेको १८ लाखसहित दुई जना पक्राउ

२०८२ जेष्ठ ३१

वीरगञ्ज । सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट नगद १८ लाख र मोटरसाइकल सहित उनीहरूलाई नियन्त्रणमा भन्सार दाखिला गरेका छन्।

 

शुक्रबार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल सिमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगर-१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको भन्सार चेकजाँच विन्दु भन्दा अन्दाजी ५० मिटर अगाडि त्रिभुवन राजपथ सडक खण्डको वीरगञ्जतर्फ जाने बाटोमा भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AT0475 नम्बरको मोटरसाईकलमा सवार जिल्ला पर्सा, वीरगञ्ज म.न.पा., वडा नं. २ छप्कैया बस्ने अन्दाजी बर्ष १९ को राहुल कुमार तिवारीले मोटरसाईकलको एअर फिल्टर बक्समा लुकाई छिपाई अबैध रुपमा चोरी पैठारी गरि ल्याउँदै गरेको नेपाली रुपैयाँ  १३ लाख सहित उक्त कार्यमा प्रयोग भएको मोटरसाइकल र व्यक्ति समेत नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण वीरगन्जका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले राष्ट्र मार्गलाई जानकारी दिए ।

साथै आजकै मितिमा सोही गुल्मबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगर-१६ स्थित भन्सार गेट नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४७ प ९७१० नम्बरको कालो/नीलो रङ्गको HERO GLAMOUR मोटरसाईकलमा स्वार जिल्ला बारा, प्रसौनी गा.पा., वडा नं. २, प्रसौनी बस्ने बर्ष ४० को कौशल कुमार गुप्ताले शरीरको विभिन्न भागहरुमा लुकाई छिपाई अबैध रुपमा चोरी पैठारी गरि ल्याउँदै गरेको नेपाली रुपैयाँ रु. ५ लाख सहित उक्त कार्यमा प्रयोग भएको मोटटरसाइकल र व्यक्ति समेत नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्: