भारतको एक अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

२०८१ मंसिर १

काठमाडौँ । भारतको उत्तर प्रदेशको झाँसी स्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज शिक्षण अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ ।

अस्पतालको नवजात शिशु सघन उपचार कक्ष एनआईसीयूमा आगलागी भएको थियो । शुक्रबार राति करिब ११ बजे विद्युतीय सर्किटबाट आगलागी सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त अस्पतालको एनआईसीयू कक्षमा ५५ शिशु उपचाररत थिए ।तीमध्ये १० जनाको मृत्यु भएको हो। ४५ जनालाई भने उद्धारकर्मीहरूले बाहिर निकालेको भारतीय प्रहरीले उल्लेख गरेको छ । तीमध्ये १६ जना नवजात शिशु घाइते छन् । उनीहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: