विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८३ असार १५

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेस गरेको थियो ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो । उनलाई आदेश बमोजिम न्यायिक हिरासतमा राख्न पठाइएको छ ।

पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउ परेपछि उनलाई अदालतबाट पहिलो पटक गत ९ गते ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। तोकिएको म्याद सकिएपछि प्रहरीले पुनः अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: