समाज
वीरगञ्ज । तराई छेत्रमा बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बीरगंज महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
बीरगंज महानगरपालिकाले जारी गरेको सूचना अनुसार मिति २०८३ असार ११ गतेदेखि १२ गतेसम्म बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द रहनेछ।
महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरेको जनाएको छ। साथै, बन्द अवधिलाई वर्षे बिदाबाट कट्टा गरिने सूचनामा उल्लेख गरिएको छ।
महानगरपालिकाले अभिभावक, विद्यार्थी तथा विद्यालय प्रशासनलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्: