विष्णु पौडेललाई रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर

२०८३ असार १०

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ ।

पौडेल पत्नी निवेदक रहेको उक्त रिटमा पौडेललाई राजनीतिक प्रतिशोध साँध्न कुनै ठोस प्रमाण र आधार बिना नै पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहाइको आदेश माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको शेयर लेनदेनमा ‘चिनजान गराइदिएको’ भन्ने बयानलाई आधार मान्दै पौडेललाई पक्राउ गरेको हो । यस विषयमा अदालतबाट मंगलबार ७ दिनको म्याद थप भइसकेको छ ।

पौडेललाई सोमबार सुर्खेतमा एक कार्यक्रममा सहभागी भइरहेको अवस्थामा पक्राउ गरी सोही नेपालगञ्ज हुदै  काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्: