अर्थ
धनगढी । बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ बस आज अप्रान्ह ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक दुर्घटना भएको हो ।
बस सडकबाट करिब २५ मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: