राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

२०८३ बैशाख ९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन्। १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ ।

जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि-बजेट छलफलसमेत हुनेगर्छ ।

प्रतिक्रिया दिनुहोस्: