सभामुख डिपी अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट

२०८३ बैशाख २

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सवार भनिएको सवारीसाधनलाई ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ ।

थापाथली क्षेत्रमा लेन मिच्दै यात्रा गरेको आरोपमा उक्त गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो। सभामुखको गाडीसँगै अगाडि र पछाडि सुरक्षार्थ हिँडिरहेका अन्य दुई सवारीसाधनलाई समेत कारबाही गरिएको जनाइएको छ ।

ट्राफिक प्रहरीका अनुसार नियम सबैका लागि समान हुने भएकाले कसको सवारी भन्नेभन्दा पनि उल्लंघन भएको आधारमा कारबाही गरिएको हो। “नियम मिच्ने जोसुकै भए पनि कानुनी कारबाही हुन्छ,” स्रोतले उल्लेख गर्‍यो।

उक्त सवारीसाधन लेन क्रस गरेको कारण चिट काटिएको बताइए पनि त्यस समयमा सभामुख अर्याल स्वयम् गाडीमा सवार थिए वा थिएनन् भन्ने विषयमा भने प्रहरीले कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्: