काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) नेतृत्वको मन्त्रिपरिषदको मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको हो।
सार्वजनिक सम्पति विवरणमा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रकम रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री शाहले उक्त रकमको स्रोत सामाजिक सञ्जाल भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्स (ट्वीटर) मा ५ लाख फलोअर्स रहेको पनि उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले सुन १९० तोला गरगहना रहेको पनि खुलाएका छन्। उनले उक्त सम्पत्ति प्राप्तिको स्रोत भने पैत्रिक सम्पत्ति रहेको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्: