७ वटै प्रदेशकाे स्वीकृत दरबन्दी विवरण ३ दिन भित्र पेस गर्न संघीय मामिला मन्त्रालयको निर्देशन

२०८२ चैत्र २१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सातै वटा प्रदेशलाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले देशभरका सात वटै प्रदेश सरकारलाई आफ्ना मातहतका सबै निकायहरूको स्वीकृत दरबन्दी (स्टाफ संरचना) को एकीकृत विवरण ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।

मन्त्रालयले सबै प्रदेश अन्तर्गतका कार्यालयहरूको स्वीकृत दरबन्दी संकलन गरी एकमुष्ट रूपमा तयार पारेर मन्त्रालयको इमेल ठेगानामा तीन दिन भित्र उपलब्ध गराउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: