एमालेले वैशाख १२ गते राजधानीमा विशाल प्रदर्शन गर्ने

२०८२ चैत्र १७

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी र शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको प्रहरी दमनको घोर भर्त्सना गरेको छ।

सरकारी कदमको विरोधमा आगामी वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारको  कदमलाई अलोकतान्त्रिक र अधिनायकवादी चरित्रको पराकाष्ठा ठहर गर्दै कडा प्रतिवाद गर्ने बैठकले निर्णय गरेको हो।

त्यसैगरी, आन्दोलनलाई थप सशक्त बनाउन वैशाख ३ गते वडा तहमा भेला गरिनेछ भने वैशाख ७ गते सातै प्रदेशका राजधानीमा ठूला प्रदर्शनहरूको आयोजना गरिनेछ।

त्यसअघि एमालेको निर्णय अनुसार आगामी चैत २५ गतेभित्र देशका सबै जिल्लाहरूमा आन्दोलन केन्द्रित बृहत् भेलाहरू आयोजना गरिनेछ । जिल्ला तहको तयारी पश्चात चैत २८ गते देशभरका सबै पालिकाहरूमा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: