अहमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न

२०८२ चैत्र १३

वीरगंज, चैत । आज वीरगंजको हरिओम पार्टी प्यालेसमा अहमदिया मुस्लिम संघ नेपाल ले ईदको अवसरमा एक भव्य ईद मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कार्यक्रममा विभिन्न धर्म, समुदाय तथा समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले ईद पर्वले मानवता, सहिष्णुता र आपसी भाइचाराको भावना मजबुत बनाउने विश्वास व्यक्त गरे।

संघका पदाधिकारीहरूले ईद केवल मुस्लिम समुदायको मात्र पर्व नभई सम्पूर्ण मानव समाजका लागि प्रेम, शान्ति र सहअस्तित्वको सन्देश दिने अवसर भएको बताए। उनीहरूले नेपालजस्तो बहुजातीय र बहुधार्मिक मुलुकमा यस्ता कार्यक्रमले सामाजिक एकता थप मजबुत बनाउने धारणा राखे।

कार्यक्रममा धार्मिक प्रवचन, शुभकामना आदान–प्रदान तथा सामूहिक भोजनको समेत आयोजना गरिएको थियो। सहभागीहरूले एकअर्कालाई ईदको शुभकामना दिँदै समाजमा शान्ति, सद्भाव र सहकार्य कायम राख्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा डा दिपक शाक्य, विष्ट अतिथी, पुर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरी, विन्दवासिनी गाउँपालिका का अध्यक्ष प्रमोद तिवारी अतिथि शिख समुदायका का अगुवा जसपाल सिंह,अमरदिप सिंह ,केडिया आँखा अस्पताल का डा राशदेव साह लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

भने कार्यक्रमको अध्यक्षता अहमदिया संघ नेपालको अध्यक्ष कमरुल होदा अंसारीले गरेका थिए। भने कार्यक्रमको सञ्चालन अहमदिया संघ नेपालका बारा पर्सा जिल्ला का ईन्चार्ज हासिम अहमदले गरेका थिए।

अन्त्यमा आयोजकले उपस्थित सम्पूर्ण अतिथि तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: