पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी प्रदेशमा आज वर्षाको सम्भावना

२०८२ फाल्गुन ८

८ फागुन काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यस प्रणालीका कारण बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ। आज तराईका केही स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

त्यस्तै कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशसहित अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्: