पर्सा, २३ माघ । आज बिहान पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ४ भेडहा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवा नेता सुशील साह कानुले मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा कानुले स्थानीय बासिन्दा तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समसामयिक राजनीतिक अवस्था, विकास निर्माण, रोजगारी, सुशासन तथा युवाको सहभागितालगायत विषयमा संवाद गरेका थिए। भेटघाटमा सहभागी मतदाताहरूले उत्साहित हुँदै आफ्ना समस्या, अपेक्षा र सुझावहरू राखेका थिए।
स्थानीय युवाहरूले विशेष गरी रोजगारी, शिक्षा, स्थानीय पूर्वाधार विकास र पारदर्शी शासनको विषय उठाउँदै उम्मेदवार कानुसँग खुला छलफल गरेका थिए। कार्यक्रममा कानुले जनताको सुझावलाई आफ्नो प्राथमिकतामा राख्दै जनमुखी राजनीति र उत्तरदायी नेतृत्वको आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ। आगामी दिनमा पनि क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाटलाई निरन्तरता दिने उम्मेदवार कानुको योजना रहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्: