रौतहट । शसस्त्र प्रहरीले हातहतियार र गोलीगठा सहित एक जना व्यक्ति सहित पक्राउ गरेका छन् ।
६ गते मंसिर साझको समयमा रौतहटको चन्द्रपुर नगरपालिका-४ चन्पुद्ररनिगाहपुर-गौर सडक खण्डको देउराली चोकमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं.१३ पदमपोखरी वस्ने गुण वहादुर आचार्यको छोरा अ.वर्ष २२ को सुमन आचार्यलाई सशस्त्र प्रहरी बल,नेपाल ईन्टेलिजेट्न्स् ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल सुरक्षा बेश क्याम्प सन्तपुरबाट सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिई गएको १० जनाको टोलिले निज लाई शंका लागि चेक जाँच गर्दा निजले बोकेको झोला खोलि हेर्दा झोला भित्र बाट निम्न परिमाणका हातहतिया् ,गोलागठा लगायतका सामानहरु सहित उक्त व्यक्तिलाई नियन्त्रणमा लिई सुरक्षा बेश सन्तपुरमा ल्याई राखिएको र नेपाल प्रहरी लाई बुझाउने प्रकृयामा रहेको। सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी निरीक्षक रवी थापाले राष्ट्र मार्ग खबर लाई जानकारी दिनुभयो।
आचार्य खान तलास गर्दा यी निम्न प्रकारका हातहतियारहरु सहितका सामान भेटेको छ।
१. 9 मि.मि. ब्राउनिङ पेस्तोल CF-98-9
000169 08236
ऐ.को म्याग्जिन थान -१
2.BERETA GARDONE VT-MADE IN ITALY
PX 355230
ऐ.को म्याग्जिन थान-१
३.बाल राउण्ड – १३ गोटा (पिन्धिमा 31123 उल्लेखित )
४. OPPO मोवाईल थान -१
५. खुकुरी थान -१
६.ग्लोवल IME BANK VISA ATM- थान १
७.लाईसेन्स रसिद थान-१





प्रतिक्रिया दिनुहोस्: