काठमाडौं। सुशीला कार्की सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेको हो । मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा उहाँलाई हटाइएको हो।’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले भने ।
आइतबार मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कांग्रेससहितका सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनको लागि खबरदारी गरेका थिए ।
प्रदेश प्रमुख भण्डारी आफू अस्वस्थ भएको भन्दै जनकपुरबाट काठमाडौं हिडेकी थिइन्। काठमाडौं जान्छु भनेर निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले होटल पानसमा कात्तिक २३ गतेको मितिमै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र दिएकी थिइन् । त्यही होटलमै उनले शपथ पनि खुवाएकी थिइन् । यो घटना सार्वजनिक भएपछि प्रदेश प्रमुख भण्डारीको चौतर्फी आलोचना भएको थियो ।
मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका थिए भने प्रदेश सांसद तथा दलका कार्यकर्ताहरूले प्रदेश प्रमुख बस्ने आवास र मुख्यमन्त्रीको कार्यकषमा तोडफोड गरेका थिए । भने सात दलका समर्थकले जनकपुर, कलैया लगायतका शहरहरुमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए।



प्रतिक्रिया दिनुहोस्: