मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए छठपर्वको शुभकामना

२०८२ कार्तिक ११

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री माननीय जितेन्द्र सोनलले लोक आस्थाको महापर्व छठ पर्व अवसरमा सम्पूर्ण मधेशवासी तथा देश-विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री सोनल द्वारा जारी  शुभकामना सन्देशमा छठ पर्वले समाजमा आपसी एकता, सद्भाव र धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उल्लेख गर्दै सम्पूर्ण जनसमुदायमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको कामना गरेका हुन् ।

उनले सन्देशमा छठी माईको असीम कृपा सबैमाथि रहोस् भनी प्रार्थना समेत छन् ।

प्रतिक्रिया दिनुहोस्: