राजविराज । छठ पर्वको अवसरमा तराई मधेश महिला फाउन्डेशन द्वारा छठ व्रतालुलाई साडी वितरण गरिएको छ ।
हिन्दुहरुको महापर्व छठपर्वको पावन अवसर पारेर तराई मधेस महिला फाउन्डेशन नेपाल द्वारा छठ पर्वका व्रतालु महिलाहरुलाई साडी वितरण गरिएको छ । छठ पर्वको शुरुवात मानिने दिन नहाय खायको दिनको दिन (आज) आइतबार राजविराज नगरपालिका वडा नम्बर-६ स्थित रानी पोखरी महाडमा फाउन्डेशनका अध्यक्ष सुनिता कुमारि साहको हातबाट मनत्वय सहितको साडी वितरण गरि कार्यक्रम सम्पन्न गरियो हो । सो अवसरमा उपस्थित अन्य महिला दिदिबहिनीहरुले आशिर्वाद सहित अबिरको टीका एकअर्कामा लगाएका थिए । साथै सन्तान दाहिने,रोग बिकार विनाशनि,धन प्रदायणि महानदेवी छठि माताको जय जयकार गर्दै महिलाहरुले तराई मधेस महिला फाउन्डेशन नेपालको उत्तरोत्तर प्रगतीको कामना गर्दै फाउन्डेशनकी अध्यक्ष सुनिता कुमारी साहले गरेकी राम्रो कामको सहराना गरेका थिए ।विगत ८ वर्ष देखि निरन्तर रुपमा छठ पर्व लगायत विभिन्न धार्मिक तथा सामाजिक अवसरमा सहयोग र वितरण कार्यक्रम संचालन गर्दै आएकि छन् । उनले भनिन,”छठ पर्व श्रद्धा,आस्था र स्व्च्छताको पर्व हो । यो पर्वले महिलाहरुमा धार्मिक उर्जा र आत्मबल वृद्धि गर्दछ।”



प्रतिक्रिया दिनुहोस्: