निशुल्क आँखा शिबिर सम्पन्न

२०८२ अशोज २४

लालबाबु बानिया
पर्सा २३ असोज । विश्व दृष्टि दिवसको अवसरमा केडिया आँखा अस्पताल परवानिपुर ले निशुल्क आँखा शिबिर को अयोजना गरेको छ।

पर्सा जिल्ला को छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वा मा रहेको आफ्नो केडिया आँखा उपचार केन्द्र भिस्वा मा सम्पन्न गरेको छ। निशुल्क आँखा शिबिर मा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, र स्थानिय हरु ले शिबिर बाट लाभ लिएका छन।

शिबिर मा केडिया आँखा अस्पताल को डाक्टर संतोष कुमार साह, बरुण तिवारीले निशुल्क आँखा शिबिर मा ४६ जना को आँख चेकजाँच गरि निशुल्क चसमा र औषधी बितरण गर्नु भएको थियो।

निशुल्क आँखा शिबिरमा डाक्टर संतोष साह ले चेकजाँच को क्रममा जटिल समस्या भएका रोगी हरुलाई केडिया आँखा अस्पताल परवानिपुरमा गई उपचार गराउदा विशेष छुट दिने डाक्टर साह ले जनाए का छन।

प्रतिक्रिया दिनुहोस्: