NGOCC पर्साद्वारा डुबान प्रभावित परिवारलाई राहत वितरण

२०८२ अशोज २२

पर्सा, २२ असोज । सामाजिक संस्था जिल्ला समन्वय समिति (NGOCC) पर्साले डुबान प्रभावित क्षेत्रमा राहतस्वरूप खाद्यान्न वितरण गरेको छ।

NGOCC पर्साका जिन्सी प्रमुख दुलारचन्द प्रसाद साहका अनुसार वडा नम्बर ११ स्थित डोमबस्तीमा ३० परिवारलाई राहत वितरण गरिएको हो।

राहतसँगै हैजा तथा पानीजन्य रोगहरू सम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गरिएको जिन्सी प्रमुख साहले जानकारी दिए।

उनले अहिले बाढीका कारण खानेपानी दूषित हुने सम्भावना भएकाले तातोपानी उमालेर मात्र खान र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: