पोखरिया ५ सतवरियाको दलित बस्तीमा ३५ वटा घर जलमग्न जवजीवन प्रभावित राहतकालागी गुहार 

२०८२ अशोज १९

शैलेश गुप्ता

पोखरिया,  १९ असोज । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरिया स्थित रहेको दलित बस्तीको ३५ वटा घरमा पानी पसेर जलमग्न भएको छ ।

घरमा पानी पसदा जनजीवन प्रभावित भएको छ । ३५ वटा घरमा रहेको करिब १ सय देखी १५० जनाको परिवारले समचार सँकलन गर्ने बेला खाना खाएका थिएन्न । घरमा पानीका कारण चुल्लो बलन कसेको थिएन । ति परिवारमा रहेका दलित बच्चाहरुले खानकोलागी कोकले छटपटिएर रुई कराई रहेका थिए ।

उनका अभिभावकहरुले खाना पकाउने ठाउमा २ फिट देखी ४ फिट सम्म पानी जमेको कारणले पानी कम नभएसम्म खाना पकाउन, खान, बस्न, सुत्न समस्या भएको ति घरपरिवारका व्यक्तिहरले बताएका छन ।तत्काल राहतका लागी सम्बन्धीत निकाय सित माँग सहित गुहार गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: