सहकारी ठगीमा संसदीय छानबिन माग गर्दै कांग्रेसले गर्‍यो सुदुरपश्चिम प्रदेशसभा बहिष्कार

२०८१ जेष्ठ १३

धनगढी । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।

आइतबार बसेको बजेट अधिवेशनको पहिलो प्रदेशसभा बैठक लाइ कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले बहिष्कार गरेको  हो।

कांग्रेस र नाउपाका सांसदहरू बेल घेराउ गर्दै सहकारी ठगीमा मुछिएकाहरूमाथि छानबिन गर्न माग गर्दै नाराबाजी गरी बाहिरिएका थिए ।

कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले  उभिएर विरोध जनाए पछि सभामुखले दिएको समयमा‌ बोल्दै सहकारी ठगीमा जोडिएकाहरूमाथि छानबिन गर्नुपर्ने बताए ।

उनले गृहमन्त्रीले सञ्चार माध्यममाथि प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिरालाई पक्राउ गरेको आरोप लगाए ।

कांग्रेस र नाउपाको रेशम पक्षले सभा बहिष्कार गरेपनि राप्रपाको उपस्थितिमा सभामुखले बैठक सञ्चालन गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्: