समाज
पोखरा । दु:खी जनता कमाउने, भ्रस्ट नेता रमाउने जस्ता नारा सहित पोखरा सभागृहमा पनि स्वतस्फूर्त रुपमा नयाँ पुस्ता जेन-जीले प्रदर्शन गरेका छन् ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको र नेताहरु भ्रष्टाचारमा लिप्त भएको आवाज उठाउँदै सभागृहमा जेन-जीले प्रदर्शन गरिरहेका छन् ।
देशमा भ्रस्टाचारमा नेताहरु लिप्त भइरहेको तर नागरिकले भने अनेक दु:ख कष्ट खेप्नु परिरहेको आवाज उनीहरुले उठाएका छन् । पोखराका विभिन्न ठाउँबाट प्रदर्शनमा मिसिन आइरहेका जेन-जीले आफूहरुको आवाज अब सरकारले सुन्नुपर्ने बताइरहेका छन् ।
‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दु:खी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’जस्ता नाराहरु उनीहरुले लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्: