जय कुमार यादव
वीरगंज, ०९ भदौ । वीरगंज महानगरपालिका वडा नं. २० का वडावासी दैनिक जीवनमा सास्ती खेप्न बाध्य भएका छन्। सघन शहरी तथा भवन निर्माण आयोजनाको लापरवाहीले ९ वर्षदेखि अलपत्र रहेको सडकका कारण आवागमनमा बाधा आउदै गरेको छ। आवागमनमा बाधा मात्र पुर्याएको छैन, धुलो–धुवाँ र फोहोरले स्वास्थ्यमा समेत गम्भीर असर पुर्याएको वडा अध्यक्ष रामकिसोर सिंह परागले बताए।
वडा अध्यक्ष रामकिसोर सिंह परागले भने, “आयोजनाले सडक खनेर वर्षौंदेखि अलपत्र पारेको छ। यसले वडावासीलाई हैरानी मात्र होइन, स्वास्थ्यमा समेत जोखिम पुर्याएको छ। अब ढिलाइ सह्य हुने छैन।” उनले अहिले सो सडकमा जमेको फोहर पानीका कारण टाईफाई , हैजा जस्ता महामारी फैलने खतरा बढेको वडा अध्यक्ष परागले बताए।
सो सडक रोगको कारखाना बन्दा समेत सरोकारावाला निकाय कानमा तेल हालेर बसेको छ । ९ बषैदेखि हामी सहदै आएका छौ । अब सहन हुन सक्दैन । वडा अध्यक्ष सिंहले भने
वडा कार्यालयले मंगलबार पहिलो चरणमा सघन शहरी तथा भवन निर्माण आयोजनालाई ज्ञापन पत्र बुझाइसकेको छ।
जिम्मेवार कार्यालयसँगै जिल्ला प्रशासन कार्यालयलाई पनि बोधार्थ पठाइएको वडा अध्यक्ष परागले जानकारी दिए।
अध्यक्ष परागले चेतावनी दिएका छन् कि यदि सडक निर्माण र व्यवस्थापनको काम तत्काल अघि बढाएन भने वडावासीहरू दोस्रो चरणमा आन्दोलनमा उत्रनेछन्।



प्रतिक्रिया दिनुहोस्: