वर्दिवास । यूवासंघ नेपालको मधेश प्रदेशको बैठक सम्पन्न भएको छ। यूवासंघ मधेश प्रदेशको बैठक उक्त कार्यक्रम बर्दिवासको चिया चौतारी होटलमा बैठक सम्पन भएको हो, भने युवा संघ काे प्रदेश स्तरीय भेला आउदो असोज २५ गते सर्लाही मा गरिने निर्णय गरेको छ।
पार्टी पंक्तिले संगठनमा क्रियाशिल र सक्रिय युवाहरूलाई पाखा लगाउने काम कृष्ण कुमार बिश्वकर्मा पछि पार्टीले तोकेको युवा संघ नेपाल पद्धिकारी बाट भएकोले नै सँजिप राई काे नेतृत्व देश भरी सबै सक्रिय क्रियाशील युवाहरुलाई समेटी केन्द्रिय कमिटी निर्माण गर्नु पर्नेमा युवाहरुले आ आफ्नो धारणा राखेका थिए । युवा संघ का दिपेश अधिकारी दुर्घटनामा परेकोमा उहाँको स्वाथ्य लाभको काममा समेत विभिन्न निर्णय गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश इन्चार्ज उप महासचिव अनिल पटेल र केन्द्रीय सचिव माधव प्रसाद यादवको अध्यक्षता तथा लेखा उपसमिति भोजराज हुमागाईंको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको थियो। बैठकमा केन्द्रिय कमिटीका सदस्यहरू राज श्रीवास्तव, सन्दीप पटेल, दीपक साह लगायत का उपस्थीती रहेको थियो।



प्रतिक्रिया दिनुहोस्: