युवा संघ नेपालकाे उप महासचिव तथा मधेश प्रदेश ईन्चार्जमा अनिल पटेल

२०८२ भदौ २

वीरगंज । डेढ दशक देखि युवा संघ नेपालकाे राजनीतिमा होमिएका पर्सा जिल्लाको अनिल पटेल एकीकृत समाजवादी निकट युवा संघ नेपालकाे को उप महासचिव तथा मधेश प्रदेश ईन्चार्जमा मनोनीत भएका छन्। आज गठित सञ्जीव राई नेतृत्वको कमिटीमा उनी उप महासचिव तथा मधेश प्रदेशकाे ईन्चार्जको जिम्मेबारी पाएका हुन्।

समाजवादी भित्र पटेल सांगठनिक नेताका रूपमा चिनिन्छन्। उनी हाल समाजवादीको पर्सा जिल्ला ईन्चार्ज थिए । समाजवादीको झलनाथ खनाल निकटस्थ नेताहरूले समानान्तर कमिटी गठन गरेका छन्।

युवा संघ नेपाल काे सञ्जीव राईको नेतृत्वमा २२१ सदस्यिय कमिटी गठन भएको छ। जसमा मधेश प्रदेशबाट उप महासचिवमा अनिल पटेल, अनुशासन आयोग प्रमुखमा शैलेन्द्र यादव, कोशाध्यक्ष मा मोहन विक्रम पाण्डे, केन्द्रिय आयोजक कमिटी सदस्यहरुमा राज श्रीवास्तव, उपेन्द्र पटेल, मनाेज सिंह, सन्दिप पटेल, लालबाबु मण्डल, तारकेश्वर चौवे,दिपेश अधिकारी, बजरङ्गी यादव, हरिओम साह, माधव यादव, शुशिला चौधरी, लता मण्डल, दीपक कुमार साह, विनय प्रविन, मुकेश गोइत यादव,जायनाथ साह लगायत का मधेश प्रदेश बाट रहेका छन्।

माधव नेपाल निकट कमिटी रोशन थापा नेतृत्वप्रति असन्तुष्ट बन्दै नयाँ कमिटी बनाइएको हो।

प्रतिक्रिया दिनुहोस्: