पानीको हाहाकारले बौद्धीमाई टोलबासी चिन्तित

२०८२ साउन २६

     जय कुमार यादव

वीरगन्ज । वीरगन्ज महानगर क्षेत्रमा चारैतिर पानीको  समस्या लाई समाधान गर्न अधिकांश ठाउँमा डिप बोरिङ गरी स्थायी रुपमा समस्या समधान भयो तर बीरगञ्ज महानगर- १४ बौद्धि माई टोलमा पानीको समस्या समधान हुन सकेको छैन ।

यो एरिया वीरगन्ज- १४ वीरगन्ज चिनी कारखाना क्षेत्रमा पर्ने पिपरा यसै क्षेत्रमा पर्ने धार्मिक स्थल बौधि माई मन्दिर र नयाँ वस्ती बौद्धी माई टोल पर्दछ । यस क्षेत्रका बासिन्दालाई घर परिवारकाे लागि दैनिक खाना पकाउन नुहाउन  नित्यकर्मको लागि पानीको समस्याले दर्जनौ घर परिवारहरु पानीको हाहाकारले चिन्तित बनेका छन् ।

यस क्षेत्रका आम जनतालाई  तिर्खा मेटाउन पानीको समस्या भइरहेको छ । तिर्खा मेटाउन मिनरल वाटर किन्न पसल जानु पर्छ वा ५०० मीटर पर गएर बोतलमा पानी भरेर ल्याइ खाने गर्दछन्।

यस क्षेत्रका बासिन्दाले संयुक्त रूपमा वाडा समिति र खाने पानी मन्त्री प्रदिप यादवको निवास राधेमाईमा गई पानीको समस्या बारे आफ्ना कुरा राखे पनि स्थायी रूपमा कही कतै बाट पानीको  समस्याको समाधान हुन सकेको छैन । यो ठाउँ र टोलमा डिप बोरिङ गराएनन् , सबै तिर डिप बोरिङ गाडे पनि यस ठाउँमा गाडेनन् । सम्बन्धित निकायलाई जानकारी गराउँदा वाडा कार्यालयको पहलमा पानी ट्यांकरबाट पानी ल्याउने गरेपनि नियमित र सुचारु रुपले पानी वितरण गरेका छैन । कहिले दिनको २ वजे पानी लिएर आउने त कहिले विहान ८ वजे पानी ट्यांकी आई पानी नलबाट दिने गर्दछन्। यो समस्या ले यस टोल ससमूदायकाे स्थानीय चिन्तित बन्न पुगेको छ ।मन्दिरमा समेत पूजा पाठ गर्न आउने भक्तजनहरूकोलागि पानी काे समस्या मन्दिरहरुमा हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्: