मनसुन सक्रिय मनसुनको न्यूनिय चाप तराई तिर, नवलपरासी,रुपन्देही, अर्घाखाँची र दाङमा भारी वर्षा

२०८२ साउन २०

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसले गर्दा मौसम बदली भएको छ ।

देशभर पूर्णतया बदली रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको हो । पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ ।

आज बिहान धादिङ, बारा, रौतहट र पाल्पामा पनि अत्यधिक वर्षा भइरहेको छ । यी क्षेत्रमा वर्षा जारी रहेको विभागले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्ला दिन निरन्तर वर्षा भइरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएकोले नदीमा जलसतह पनि बढेको छ । त्यसैले नदीको तटीय क्षेत्रमा बसोवास गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

यस्तै दाङको एक स्टेशनमा १०२.४, रुपन्देहीमा १०१.८ र नवलपरासीमा १०२ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्म वर्षा यसलाई मौसम विज्ञानको भाषामा धेरै वर्षा भएको भनिन्न ।

लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि ठूलो वर्षा भएको छ । यी क्षेत्रमा ९० मिलिमिटर वर्षा मापन भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्: