मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

२०८२ साउन ५

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो ।

सोही अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिए ।

उनका अनुसार अहिराजमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ । २०८१ चैत २५ मा उनिविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो ।

२३ वर्षीया युवतीले उनिविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छन् । अहिराजले पीडितलाई काठमाडौँ स्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ ।

यसअघि अहिराजले नै पीडित युवती विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए । प्रहरी स्रोतका अनुसार सो मुद्दामा पीडित युवती हाजिर जमानीमा रिहा भएकी थिइन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्: