नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

२०८२ असार ३१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजल/मट्टीतेलमा १ रुपैंयाँको दरले मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।

 

प्रतिक्रिया दिनुहोस्: