मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

२०८२ असार २१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित खोलामा नुहाउने क्रममा एक युवकको खोलाले बगाएर मृत्यु भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–१, टौवासस्थित खोलामा नुहाउने क्रममा एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । शनिबार दिउँसो करिब सवा ३ बजे पर्साको वीरगञ्ज महानगरपालिका-५ घर भएका अन्दाजी ४५ वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वीरगञ्जबाट साथीहरूसँग भीमफेदीको टौवासमा पिकनिक मनाउन आएका शर्मा बनभोज खाएर रमाइलो गरिरहेका थिए। यसै क्रममा उनीहरू खोलामा नुहाउन गएको क्रममा अचानक पानीको बहाव बढेपछि शर्मा खोलामा बगेका थिए । खोलाले बगाएर करिब ४ सय मिटर तल फेला परेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: