झापा । झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षिया सुरविरा राईको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले पुष्टि गरेको छ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन युवनाथ बरालका अनुसार, अहिले जिल्लाभरि डंगुका ५५ जना संक्रमित उपचाररत् छन् । तीमध्ये बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना उपचाररत छन् । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रका रहेको जनाइएको छ।
बरालका अनुसार, चालु वर्षमा डेंगु संक्रमणबाट मृत्यु हुने सुरविरा पहिलो व्यक्ति हुन्। गत वर्ष डेंगुका कारण जिल्लामा दुई जनाको मृत्यु भएको थियो।
मनसुन सुरु भएसँगै जिल्लामा डेंगु संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। डेंगु प्रायः असारदेखि असोज महिनासम्म बढी देखिए पनि झापामा भने वर्षैभरि संक्रमण देखिने गरेको बरालले बताए ।
बरालका अनुसार, अहिले जिल्ला भरि डंगुका ५५ जना संक्रमित उपचाररत् छन् । तीमध्ये बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना उपचाररत छन् । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रका रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्: