(राजन कुमार बानिया) पर्सा, १८ असाढ । पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ बुढगाई प्रहरी चौकी नयाँ भवन बनाउन को फागी आज गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले शिलान्यास गर्नु भएको छ।
छिपहरमाई गाउँपालिका वडा नं ३ बुढगाई प्रहरी चौकी को अवस्था जिर्ण रहेको ले नयाँ भवन को लागि Sunglasses अध्यक्ष मनोज कुमार गुप्ता ले गाउँपालिका को बजेट बाट राखेर बुधबार एक समारोह का बिच बिधवत रुपमा पुजावपाठ गरि शिलान्यास गर्नु भएको थियो।
प्रहरी चौकी बुढगाई को नयाँ भवन बनाउन को लागि गाउँपालिका को सहयोग मा १७ लाख को लागत मा निर्माण भईरहेको अध्यक्ष गुप्ता ले जनाएका छन।
शिलान्यास कार्यक्रम मा वडा नं ३ का वडा अध्यक्ष दिपेन्द्र सिंह, रास्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष सुबास साह कानु, प्रहरी चौकी बुढगाई का प्रसनी धर्मराज अधिकारी, वडासदस्य सेख सगिर, पुर्व वडासदस्य रजाहुसेन देवान, रामबहादुर साह, लगायत स्थानिय हरु को सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्: