वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले E-LOADER सहित रु.११ लाख ६६ हजार ६ सय ९० मूल्य बराबरको सामानहरु भन्सार दाखिला गरेका छन् ।
आइतबार सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगञ्जबाट खटीएको टोलिले वीरगन्ज -१६ ईनर्वा स्थित सीमा नाकाबाट बोरामा प्याक गरी अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गरी लैजादै गरेको अवस्थामा रु. ५ लाख ८८ हजार मूल्य बरावरको तामाको माने र उक्त कार्यमा प्रयोग भएको E-LOADER सहित नियन्त्रणमा लिई आइतबार (आज) आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
साथै आजै सोही गुल्मबाट खटिएको अर्को टोलीले बिरगन्ज-१६ स्थित भन्सार क्षेत्रबाट रक्सौलबाट बिरगंजतर्फ आउदै गरेको मोटरसाइकलको बिभिन्न भागमा अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा रु.४ लाख ६७ हजार मूल्य बरावरको मोवाईल पार्टस र उक्त कार्यमा प्रयोग भएको मोटरसाइकल सहित नियन्त्रणमा लिई आइतबार आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
मिति २०८२/०३/१५ गते सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिगएको टोलिले बिन्दवासिनी गा.पा-४ झौवा चोकबाट भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको रु १ लाख ९१ हजार ६९०/- मूल्य बराबरको मोटरसाइकल सहित किराना सामान नियन्त्रणमा लिई आजै आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा.पर्सा वीरगन्जका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबरलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्: