ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन

२०८२ असार ६

ललितपुर । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास शुक्रबार उद्घाटन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरे । उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् ।

पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: