सशस्त्र प्रहरीद्धारा अबैध रुपमा भित्र्याएको दश लाखभन्दा बढीको औषधी बरामद

२०८२ असार ३

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा झन्डै १० लाख १८ हजार रुपैया मूल्य बराबरको मल्टी भिटामिन औषधी बरामद गरी भन्सार दाखिला गरेका छन् ।

(आज) मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगर-१ छपकैयाबाट भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरि २ वटा मोटटरसाइकलमा लोड गरी बीरगंजतर्फ ल्याउँदै गरेको रु.१० लाख १८ हजार मुल्य बराबरको RIVITROL-CM multivitamin Tablet, १०१८ डिब्बा औषधि नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।

साथै उक्त अबैध पैठारी कार्यमा प्रयोग भएका दुईवटा मोटटरसाइकल समेत आवश्यक कारवाहिका लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. का सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले राष्ट्रमार्गलाई जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्: