सरकारको नीतिगत निर्णयविरुद्ध सुनचाँदी व्यवसायीको देशव्यापी आन्दोलन

२०८२ जेष्ठ ३०

बीरगंज । सरकारको पछिल्लो नीतिगत निर्णयविरुद्ध सुनचाँदी व्यवसायीहरू देशभर आन्दोलित भएका छन्। व्यवसायीहरूले जेठ २९ र ३० गते दुई दिनका लागि सम्पूर्ण सुनचाँदी पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन्।

वीरगन्जमा पनि पर्सा सुनचाँदी व्यवसायी संघ, पर्सा सुनचाँदी कालिगढ संघ तथा सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा सम्पूर्ण पसलहरू बन्द गरिएको छ। मुख्य बजार क्षेत्र शान्त देखिए पनि व्यवसायीहरूको आक्रोश गहिरो छ।

व्यवसायीहरूले तीन बुँदे माग राखेका छन् :

पर्सा सुनचाँदी व्यवसायी संघका हरिओम सर्राफका अनुसार, वर्तमान कर संरचना व्यवसायीहरूका लागि असहज र अव्यावहारिक बनेको छ। “सरकारको नीति यस्तो छ कि यसले व्यवसाय धराशायी बनाउने खतरा निम्त्याउँछ,” उनले भने। उनका अनुसार, यो बन्द कार्यक्रम चेतावनीमूलक मात्र हो र मागहरू नसुने स्थिति आएमा अझ व्यापक आन्दोलनको घोषणा गरिनेछ।

व्यवसायीहरूले सुनचाँदी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण अंग भन्दै स्थायित्व, पारदर्शिता र स्पष्ट नीतिगत वातावरणको माग गरेका छन्। सरकारले गम्भीरताका साथ मागहरूमा ध्यान नदिए थप आर्थिक असन्तुलन सिर्जना हुने उनीहरूको चेतावनी छ।

प्रतिक्रिया दिनुहोस्: