न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा ३ जना सिफारिस

२०८२ जेष्ठ २८

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ३ जनाको नाम न्यायाधीशमा सिफारिस गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई सिफारिस गरेको हो ।

सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् ।

परिषद्ले उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ । संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्: