समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम शुभारम्भ

२०८२ जेष्ठ २७

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज महानगर संयोजकत्वमा समुदाय विपद स्वयंसेवक परिचालन आधारभुत तालिम शुभारम्भ भएको छ।

जेठ २६ सोमबार सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साको आयोजनामा र बिरगंज महानगरपलिकाको संयोजनमा आउदै गरेको मन्सुन तथा मन्सुन जन्य विपद् र अन्य किसिमका प्राकृतिक तथा मानव जन्य विपदहरुलाई समेत मध्यनजर गरि विपद उद्धार कार्यमा स्थानिय समुदायको समेत सक्रिय सहभागिता गराउने उदेश्यले बिरगंज महानगरपालिका कार्यलयको सभाहलमा विरगंज महानगरपालिका अन्तर्गत रहेका ३० जना प्रशिक्षार्थिहरु सहभागि गराई २१ कार्य दिनको ” समुदाय विपद स्वयंसेवक परिचालन आधारभुत तालिम” को शुभारम्भ गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख (मेयर) राजेश मान सिंह रहनुभएको थियो । बिशिष्ठ अतिथिको रुपमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ज्यु , जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, बिरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्साका अध्यक्ष बृज किसोर पटेल लगायतको उपस्थिति रहेको थियो र उक्त कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्साका गणपति सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालले गर्नु भएको डिएसपी देबेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबरलाई बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्: