सशस्त्र प्रहरीद्धारा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला बरामद

२०८२ जेष्ठ २५

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपालद्वारा ७ हजार ५०० गोटा  प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ।

आज (शनिबार) सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलिले बहुदरमाई नगरपालिका- ५ डकैला चोकबाट भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ३ वटा भारतिय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको ७ हजार ५ सय गोटा (७५ कार्टुन) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जन प्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नं.१३ गण परिसर भित्र नष्ट गरिएको र उक्त चल्ला पैठारी कार्यमा प्रयोग भएका तिनवटा मोटरसाइकल आवश्यक कारवाहीकालागि बीरगंज भन्सार कार्यालयमा बुझाउने प्रकियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. वीरगन्जका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबरलाई बताए।

 

सशस्त्र प्रहरी नायव उपरीक्षक

प्रतिक्रिया दिनुहोस्: