टिपरको ठक्करबाट बालिकाको मृत्यु

२०८२ जेष्ठ १९

बीरगंज । बारामा टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका-१ बालमन्दिर नजिकै ना १ क ८०५६ नम्बरको टिप्परले सोही वडाको मोतीबाघमा डेरा गरी बस्दै आएका हरेराम साहकी ६ वर्षीया छोरी सिवानीलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार भारतको मोतिहारी आठ मुहान घर भएका हरेरामकी छोरी सिवानीलाई बाटो काट्ने बेलामा उक्त टिपरले आइतबा दिउँसो ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि बाराको आशिर्वाद अस्पताल कलैया लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि बालिकालाई बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ ।

टिप्पर चालक बारा कलैया उपमहानगर-१८ का ३७ वर्षीय सत्यनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: