श्रृंगार गरिएकी एक युवतीको शव बरामद

२०८२ जेष्ठ १८

पुजा पाठक

जेठ १७ रौतहट । रौतहट जिल्लाको दुर्गाभगवती गाउँ पालिका वडा नं. ५ स्थित झाझ खोलाको झुलुङ्गे पुलको छेउमा मृत अवस्थामा यकिन नाम थर वतन नखुलेको अं.वर्ष २०/२५ को महिलाको लाश झाडीमा घोप्टो परेको अवस्थामा भेटिएको छ।

मृत अवस्थामा शब रहेको सुचना पाए पछि गएको प्रहरीको टोलीले उक्त पहिचान खुल्न नसकेको महिलाको शब बारामद गरेको हो।

अनुहार चिन्न सकिने अवस्थामा नरहेको, मृतक महिलाको घटनास्थल लाश जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक लास पो.मा. कोलागी प्रादेशिक अस्पताल रौतहट गौरको शव गृहमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृतक महिलाले फिक्का हरीयोमा सेतो बुट्टा भएको कुर्ती सुरूवाल लगाएको, दुबै खुट्टामा सेतो धातु चाँदी जस्तो देखिने पायल (पाउजो) लगाएको, बाँया हातको नाडिको भागमा रातो रङ्गको धागो बाधेको, बाँया हातको औलाको भागमा मेंहदी लगाएको, नाकमा पहेलो धातु जस्तो देखिने नथिया लगाएको, खुट्टाको औलामा आकाशे रङ्गको नङ्ग पालिस लगएको, S TEPAGE लेखिएको हल्का बैगनि रङ्गको लेडिज सेन्डल चप्पल १ जोर, उचाई ५ फिट २ ईन्च, शारीरिक बनावट पातलो, विशेष पहिचान वर्ण गहु गोरो देखिएको प्रहरीले जनाएको छ।

अनुहार चिन्ने अवस्थामा नरहे पनि पहिरनले भर्खर बिबाह भएको जस्तो लागेको अनुमान प्रहरीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्: