नेपाल रेडक्रस सोसाइटी रौतहटको साधारण सभा सम्पन्न

२०८२ जेष्ठ १७

 

पुजा पाठक

गौर । जहाँ दुख, त्यहाँ रेडक्रस भन्ने नाराको साथ नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाको ७ औ बार्षिक साधारण सभा बिहिवार गौरमा सम्पन्न भएको छ।

जिल्ला शाखाको सभाहालमा आयोजना गरिएको बार्षिक साधारण सभाको सम्बोधन गर्दै मधेश प्रदेश सरकारका अर्थ मन्त्रि जितेन्द्र यादव सुनिलले नेपाल रेड क्रस सस्था मानब सेवा प्रति समर्थित सस्था भएकोले सबैले सहयोग गर्नु पर्ने बताएका छन्।

प्रमुख अतिथिको आसन्न बाट सम्बोधन गर्दै मन्त्रि यादवले रक्त संचार बैंक संचालनको लागि सहयोग गर्ने प्रतिब्धता जनाए।

पूर्वाधार विकास निर्माणको लागि दिर्घकालिन योजनाको आवश्यकता रहेको बताउदै आगामी बजेटमा यस बिषयमा केन्द्रित रहेर बजेट विनियोजन गरिने बिश्वास व्यक्त गरे। मन्दिर, सडक निर्माणले दिगो विकास हुन नसक्ने भएकोले शिक्षा स्वास्थ्यको विकासलाइ प्राथमिकता दिने सोच रहेको बताए। अर्थ मन्त्रि यादवले सानो सानो योजना उपभोक्ता समितिबाट कार्यन्वयन गर्ने प्रक्रियालाइ अन्त्य गरि टेन्डर प्रक्रिया अपनाउने नीति ल्याउने प्रस्ट पारे।

रौतहट लाल बकैया र बागमती नदीको बाढी बाट डुवान हुने भएकोले त्यसको समाधान गर्ने तर्फ बिशेष योजना ल्याउने समेत बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवले विपदको समयमा सहयोग गर्ने सस्था नेपाल रेड क्रस सोसाइटी भएकोले चाहिने सहयोग गरि एउटा पहिचान स्थापित गर्न अर्थ मन्त्रिलाइ आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले रौतहट शिक्षाको क्षेत्रमा पछाडी परेकोले शिक्षालाइ सुधार गर्ने तर्फ लक्ष्य लिएर काम गर्नु पर्ने जोड दिए।

बर्षेनी हुने क्षति न्युनिकरण गर्नको लागि बागमती नदी र लाल बकैया नदीको बाध दिगोपना हुने गरि बनाउनु पर्ने सुझाव दिए।

सुरक्षा निकाय र प्रशासन संग बढी सहकार्य हुने सस्था नेपाल रेडक्रास सोसाइटी रहेको बताउदै विपदको बेलामा मानवीय कार्यमा सधै अगाडी रहने गरेको उल्लेलख गरे।

वर्षातको समय नजिक्दै गरेकोले विपद पूर्व तयारीको कार्यमा जुट्नु पर्ने भएकोले स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रिलाइ आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी खड्काले बजेट निर्माण गर्दा पुर्बाधार विकासको साथ साथै रौतहटको शिक्षा र स्वास्थ्यको विकासको लागि ध्यान दिनु जोड दिए।

पूर्व सभापति मोहम्मद मजरूल हकले नेपाल रेडक्रास सोसाइटी सस्था प्रति राज्यको दृस्टी कोण नै फरक रहेको बताए। उहाले रेडक्रास कानुन निर्माण गर्न राज्य गम्भीर नभएको समेत आरोप लगाए।

जिल्ला सभापति राज किशोर प्रसाद यादवको अध्यक्षतामा भएको साधारण सभामा मन्त्रि धर्मेन्द्र प्रसाद सिंह र कोषाध्यक्ष राम आधार यादवले प्रस्तुत गरेका बार्षिक कार्य योजना तथा आर्थिक प्रतिबेदन सर्व सहमतिले पारित गरिएको छ।

साधारण सभामा पुर्ब केन्द्रिय उप कोषाध्यक्ष सपुत बहादुर कार्की, पूर्व सभापति डाक्टर नन्द किशोर झा, रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पंडित जैसवाल, नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका सदस्य शैलेन्द्र झाले आ आफ्नो शुभकामना मन्तवय राखेका थिए।

कार्यक्रमा पंडित प्रसाद जैसवाल, राम नारायण साह, हरि किशोर प्रसाद यादव, नथुनी साह, मिथलेश राय यादव, शम्भु प्रसाद यादव सहित ९ जनलाइ आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको छ।

सबै भन्दा बढी रक्त दान गर्ने अरुण कुमार राउत, सुरज सहनी, अमित कुमार गुप्ता, निराजन प्रसाद जैसवाल, नितेश जैसवालाइ रक्तदाता सम्मान पत्र तथा नेपाल रेडक्रस सोसाइटी मुडवालबा उपशाखलाइ उत्कृस्ट उपशाखाको पुरस्कार बाट पुरस्कृत गरिएको जिल्ला शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: