आगामी आर्थिक वर्षमा १०० स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

२०८२ जेष्ठ १६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा देशभरका १ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन्।

अर्थमन्त्री पौडेलले, भूमि बैंकको मुख्य उद्देश्य बाँझो जमिनलाई लिजमा लिएर कृषि उत्पादन बढाउनु हो। यस पहलले खेतीयोग्य जमिनको सदुपयोग गरी खाद्य सुरक्षा सुदृढ पार्ने र कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखिएको छ।

खासमा यो योजनाले विशेषगरी सहरीकरणका कारण बाँझो रहँदै आएका वा व्यक्तिगत कारणले खेती नगरिएका जमिनलाई उत्पादनशील बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। भूमि बैंकको स्थापनाले जमिनको व्यवस्थापनमा सुधार ल्याई कृषिको आधुनिकीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको अर्थमन्त्री पौडेलको भनाई छ।

 

प्रतिक्रिया दिनुहोस्: