तराई–मधेस द्रुतमार्ग निर्माण २०८४ मा सम्पन्न गर्ने: अर्थमन्त्री

२०८२ जेष्ठ १६

काठमाडौं । सरकारले काठमाडौं जोडने तराई – मधेस द्रुतमार्ग ८४ सालभित्र सम्पन्न गर्ने घोषणा गरेको छ ।

काठमाडौं तराई – मधेसको द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३/०८४ भित्र सम्पन्न गरिने अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।

आगामी वर्ष ३७ किलोमिटर सडकमा सववेश, चार किलोमिटर सुरुङ र ६० वटा पुलको निर्माण सम्पन्न गर्ने पनि सरकारले जनाएको छ । सरकारले त्यसका लागि २४ अर्ब ४९ करोड रकम विनियोजन गरेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्: