समाज
वीरगन्ज । भारतबाट चोरी पैठारी गरि ल्याएका लता कपडा सशस्त्र प्रहरी बल नेपाल पर्साले पक्राऊ गरेको छ ।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याई पोखरिया तर्फ लैजादै गरेको भन्सार मुल्य रु. ५,०१,४००।- बराबरको कपडा सहित ना १८ प ८२७२ नम्बरको मोटरसाईकल जिल्ला पर्सा बिन्दावासिनी गा.पा.-१ गर्दौलबाट नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण वीरगन्जका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर सिंहले बताए।



प्रतिक्रिया दिनुहोस्: